site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैदेशिक व्यापारमा ‘नेपालका विशिष्ट चुनौती’, क्षेत्रीय संगठन सहयोगी हुने 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले वैदेशिक व्यापारमा नेपालले थुप्रै चुनौतीको सामना गर्नु परेको बताएका छन् । 

नीति अनुसन्धान प्रतिष्ठानले बिहीबार राजधानीमा आयोजना गरेको बिमस्टेकको भाबी कार्यदिशा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चुनौतीको सामना गर्न क्षेत्रीय संगठन सहयोगी हुने जनाए । 

“भू–परिवेष्ठित मुलुक भएका कारण वैदेशिक व्यापारसँग सम्बन्धित नेपालका विशिष्ट चुनौती छन् र अल्पविकसित मुलुक भएको कारण आर्थिक विकाससँग सम्बन्धित अनेकौँ चुनौती हामीले सामना गरिरहेका छौँ,” मन्त्री साउदले भने, “यी चुनौतीहरूको सामना गर्न क्षेत्रीय संगठन भित्रको अर्थपूर्ण आबद्धता हाम्रा लागि सहयोगी हुने कुरामा दुईमत छैन ।” 

KFC Island Ad
Dabur Nepal
NIC Asia

आपसी सहयोग अभिवृद्धि तथा आर्थिक विकास गर्ने उद्देश्यले विश्वका विभिन्न मुलुकहरू आ–आफ्ना क्षेत्रमा संगठित हुँदै आएको उल्लेख गर्दै उनले नेपाल पनि एसिया क्षेत्रमा स्थापना भएका संगठनहरूमा सदस्यता प्राप्त गरी संवाद र सहकार्य गर्दै आएको बताए । 

“क्षेत्रीय फोरमहरूमार्फत राष्ट्रिय हित प्रवर्द्धन गर्ने नेपालको परराष्ट्र नीति रहेको छ । त्यसै अनुरूप नेपाल सार्क, बिमस्टेक र एसियाली सहयोग संवाद जस्ता एसिया क्षेत्रमा रहेका संगठनहरूलाई उपयोग गरी आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने कार्यमा सक्रिय रहँदै आएको छ,” मन्त्री सायदले भने ।

Royal Enfield Island Ad

दक्षिण एसिया र दक्षिण पूर्व एसियाका मुलुकहरूलाई जोड्ने बिमस्टेक क्षेत्रलाई नेपालले महत्व दिँदै आएको पनि उनले जनाए ।

बिमस्टेक सहयोगका क्षेत्रहरूलाई प्रत्येक सदस्य राष्ट्रले एक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेगरी सात सहयोगका क्षेत्रहरू पुनःसंरचना गरिएको उनले बताए ।

व्यापार तथा लगानी, कृषि, कनेक्टिभिटी, जलवायु परिवर्तन, सुरक्षा, विज्ञान तथा प्रविधि, जनस्तरको सम्बन्ध जस्ता पुर्नगठित क्षेत्रहरूमध्ये नेपालले जनस्तरको सम्बन्ध क्षेत्रको नेतृत्व गरिरहेको उनले जनाए ।

जुलाई २०२३ मा थाइल्याण्डको बैंककमा आयोजना भएको बिमस्टेक परराष्ट्र मन्त्रिस्तरीय रिट्रिटमा मन्त्री साउद सहभागी भएका थिए । उक्त बैठकमा सहभागी सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीले सामूहिक रूपमा बिमस्टेकलाई एक मजबुत संगठनको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले स्मरण गरे । 

बिमस्टेकलाई थप सुदृढ एवम् संस्थागत गर्ने सिलसिलामा बिमस्टेक क्षेत्रअन्तर्गत सहयोग तथा सहकार्यलाई थप प्रभावकारी बनाउन आगामी दिनमा बिमस्टेक प्रक्रियाले लिनुपर्ने कार्यदिशाका सम्बन्धमा सुझाव दिन बिमस्टेक इपीजी (प्रवुद्ध व्यक्तिहरूको समूह) गठन गरिएको उनले बताए ।

“बिमस्टेकलाई थप गतिशील परिणाममुखी तथा प्रभावकारी बनाउने सन्दर्भमा लामो कूटनीतिक अनुभव र क्षेत्रीय तथा बहुपक्षीय कार्य प्रक्रियामा राम्रो दख्खल भएका सात सदस्यीय प्रबुद्ध व्यक्तिहरूको उक्त समूहका सुझावहरुबाट सदस्य राष्ट्रहरूले अधिकतम लाभ लिनसक्ने हाम्रो अपेक्षा रहेको छ,” मन्त्री साउदले भने ।

नेपालका तर्फबाट बिमस्टेक ईपीजीमा पूर्वपरराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईलाई मनोनयन गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro