site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा एमालेको टिप्पणी : मुख्यमन्त्री भाषणमा व्यस्त, कार्यसम्पादन शून्य
Tiktok banner adTiktok banner ad

विराटनगर । नेकपा (एमाले)ले कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की ‘कहाँ छन् ?’ भन्दै सदनमै प्रश्न उठाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक तथा सांसदले मुख्यमन्त्री जोडदार भाषणमा व्यस्त भएपनि कार्यसम्पादनमा अत्यन्तै कमजोर भएको टिप्पणी गरेका हुन् ।

बुधबार प्रदेशसभामा विशेष समयमा बोल्दै कोसीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, “उहाँ भाषण गर्न व्यस्त हुनुहुन्छ तर कार्यसम्पादन भने अत्यन्तै कमजोर रहेछ ।” 

सदनमा पनि झल्याक झुलुक कहिलेकाहीँ मात्र मुख्यमन्त्री देखिने गरेको भन्दै भण्डारीले सरकारका मन्त्रीहरु सदनमा नियमित ढंगले आउनुपर्ने माग गरे ।

“मुख्यमन्त्रीलाई नदेखेको धेरै भयो, कहाँ हुनुहुन्छ ?” कार्की मुख्यमन्त्री भएको ७५ दिन भएको, शपथ ग्रहण गरेको मितिले ७४ दिन र अब कार्यभार सम्हालेको सय दिन पुग्न लागेको तर सरकारको कार्यसम्पादन अति नै कमजोर भएको टिप्पणी गरे ।

भण्डारीले भने, “सरकारका मुख्यमन्त्रीसहित ९ मन्त्रालय छन् । केहीबाहेक अन्य नियुक्त हुन नसक्नु अचम्म र लाजमर्दो भएको छ । दुनियाँले जवाफ दिँदा हामीले किन जवाफ दिनुपर्ने । मन्त्रालयलाई राजनीतिक र प्रशासनिक नेतृत्व प्रदान गर्न किन सरकारले सकिरहेको छैन ? जवाफ चाहियो । यो सरकार प्रदेशसभाप्रति उत्तरदायी छैन । मुख्यमन्त्री र मन्त्रीहरू उपस्थित नहुनुपर्ने हो ? नियमावलीको अभ्यास र परम्परा के हो भने मुख्यमन्त्री र मन्त्रीहरू अत्यावश्यक कामबाहेक सधैँ उपस्थित हुनुपर्छ ।”

भण्डारीले विषयगत मन्त्रीहरूले सदनमा उठेका विषयको जवाफ नदिएको र धेरै प्रश्नबारे किन मौन रहेको भन्दै प्रश्न गरे ।

“सदनमा मुख्यमन्त्रीको हारिज हेरौँ । प्रमुख प्रतिपक्षी दलको तर्फबाट आग्रह गरिएको हो । वन पर्यटन मन्त्रालयले नियमित गर्नुपर्ने किन भएका छैनन् ? इआई र एआइका काम किन भएका छैनन्,” प्रमुख सचेतक भण्डारीले प्रश्न गरे ।

७५ दिनमा सरकारको क्षमता नदेखिएको भन्दै भण्डारीले भयंकर ठूलो बहुमतमा छु भन्ने भ्रममा नपर्न चेतावनी दिँदै मुख्यमन्त्री कार्की सरकारमा अल्पमतमा रहेको दाबी गरे ।

“तपाईं अल्पमतमा हुनुहुन्छ । दलको हिसाब गर्दा एमालेका ४०, जसपाको एक र राप्रपाको ६ हिसाब गर्दा तपाईं अल्पमतमा हुनुहुन्छ । संसदीय मूल्य मान्यतामा जुन सम्बन्ध स्थापित गर्नुपर्ने हो तपाईंले गर्न सक्नु भएको छैन,” उनले भने ।

शून्य समयमा बोलेका एमाले सांसद बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री कार्यक्रममा मात्रै सहभागी भई व्यस्त हुने गरेको टिप्पणी गर्दै भने, “सदन सञ्चालन हुने वातावरण बनाउनुपर्छ । हामीले समर्थन गरेर बनाएका मुख्यमन्त्री कहाँ हराउनु भयो ? पहिले सदनमा निकै कुरा गर्नुहुन्थ्यो अहिले कहाँ जानुभयो ?” राजभण्डारीले संसदीय समितिका सभापति खै ? सभामुख खै ? भन्दै प्रश्न गरे ।

सरकारले सभामुख र संसदीय समितिका सभापति चयन गर्ने वातावरण बनाउन नसकेको एमाले सांसद राजभण्डारीको टिप्पणी थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro