site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
थाइल्याण्डमा बाढीका कारण ६ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

बैंकक । दक्षिणी थाइल्यान्डमा बाढीबाट कम्तीमा ६ जनाको मृत्यु र हजारौँ घरबारविहीन भएको अधिकारीहरूले बुधबार बताएका छन् । 

डिसेम्बर २२ देखि आएको बाढीले सातुन, सोङ्ख्ला, पट्टानी, याला र नाराथिवाट प्रान्तमा ७० हजारभन्दा धेरै घरमा क्षति पुगेको क्षेत्रीय अधिकारीहरूले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नाराथिवाटमा ८९ वर्षीया महिला र एक बालकसहित ६ जनाको मृत्यु भएको प्रान्तीय उपगभर्नर प्रिचा नुआलनोईले बताए । 

उनका अनुसार धेरै दिनको भीषण वर्षापछि अर्का एक व्यक्ति बेपत्ता भएका छन् । वर्षाका कारण बाढीको पानीको सतह केही स्थानमा करिब तीन मिटरको उचाइसम्म बढेको छ । 

Global Ime bank

स्थानीय मिडिया फुटेजमा सडक हिलो र बाढीले डुबेको तथा बासिन्दाहरूले छतमा शरण लिइरहेको तस्बिर देखाइएको छ । राहत टोलीहरूले बोतलबन्द पानी र खाजा वितरण गर्न तथा क्षति वा हताहतको जाँच गर्नका लागि रातभर काम गरेका छन् । 

थाइल्यान्डको विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार बुधबार बिहान बाढीको सतह कम भएको छ । 

मलेसियाको सीमामा रहेको नाराथिवाट प्रान्तमा ट्र्याक धसेका कारण केही रेल सेवा धेरै दिनसम्म बन्द भएपछि पुनः सञ्चालनमा आएको उपगभर्नर प्रिचाले बताए ।

वर्षाको मौसममा सामान्यतया समयसमयमा बाढीको प्रकोप देखिए पनि वैज्ञानिकहरूले मानवनिर्मित जलवायु परिवर्तनले वर्षालाई अझ तीव्र बनाएको बताएका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement