site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अमेरिकामा 'एप्पल वाच'को बिक्रीमा किन रोक लगाइयो ?

काठमाडौं । अमेरिकामा एप्पलको नयाँ स्मार्ट वाचको बिक्री वितरणमा रोक लगाइएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले अर्कै कम्पनीका नाममा रहेको पेटेन्ट उल्लंघन गरेको भन्दै एप्पल वाचको बिक्रीमा रोक लगाएको थियो ।

उक्त निर्णयलाई उल्टाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्तक्षेप गर्न सक्ने अपेक्षा गरिएको थियो । बाइडेनले त्यसो नगरेसँगै अमेरिकामा एप्पल वाचको रिरिज ९ र  एप्पल वाच अल्ट्राको बिक्री रोकिएको हो ।

Dabur Nepal
NIC Asia

एप्पलले पहिले नै आफ्नो अनलाइन स्टोरबाट यस्ता मोडेलका घडीको बिक्री रोकेको थियो ।

मंगलबारदेखि एप्पल स्टोरमा यी नयाँ घडीको बिक्रीमा रोकिएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले बिक्रीमा रोक लगाएकोमा एप्पल वाच सिरिज ६ र त्यसपछिका सिरिज रहेका छन् । यस्तो एप्पल वाच अल्ट्राका सबै मोडेललाई पनि पेटेन्ट उल्लंघन गरेको आरोप लागेको छ ।

एप्पल वाच एसई भने यसमा परेको छैन र बिक्रीमा राखिएको छ ।

गत अक्टोबरमा अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले एप्पलले रगतमा अक्सिजनको मात्रा मापन गर्न प्रयोग गरेको प्रकाशमा आधारित प्रविधि बनाउन पल्स अक्सिमिटरको प्याटेन्टको उल्लंघन गरेको फैसला गरेको थियो ।

चिकित्सा उपकरण निर्माता कम्पनी मासिमोसँग यसको पेटेन्ट रहेको छ ।

सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro