site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सौर्य मिथिला लोक चित्रकलामा सप्तरीकी कर्ण प्रथम

काठमाडौं । सौर्य सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेसनको सहकार्यमा मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

‘मिथिला चित्रकला मधेसक शान, एहिके उजागर करब सौर्यक अभियान’ मूल नाराका साथ सुरु गरिएको प्रतियोगिता तेश्रो चरणको कार्यक्रम सम्पन्न गर्दै तीनजना विजेता र १२ जनालाई सान्त्वना पुरस्कार प्रदान गर्दै सम्पन्न भएको छ ।

सौर्य सिमेन्टका प्लान्ट हेड गुरु दयाल सिंहको अध्यक्षता र मधेस प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री सुनिता यादवको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो ।

उक्त प्रतियोगितामा पहिलो हुनेमा सप्तरीकी मिथिला चित्रकार रुवी कर्ण, दोश्रो हुनेमा महोत्तरीकी नेहा कुमारी, तेश्रो हुनेमा धनुषा जनकपुरधामकी विना कर्ण रहेकी छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ७५ हजार, दोश्रो हुनेलाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजार रुपैयाँ साथै बाँकी १२ जनालाई सान्त्वना पुरस्कार नगद ११ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । तेश्रो चरणको कार्यक्रममा सहभागी १५ जनाले सौर्य सिमेन्ट उद्योगको पर्खालमा मिथिला चित्रकला बनाएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro