site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवरुद्ध बीपी राजमार्ग सञ्चालन

मन्थली (रामेछाप) । सवारी दुर्घटनापछि अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । 

सिन्धुलीको सुनकोसी गाउँपालिकास्थितमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको थियो ।

दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गर्नुका साथै राजमार्ग अवरुद्ध गरेका थिए । अवरुद्ध बनेको राजमार्ग दिउँसो १ बजेदेखि सञ्चालनमा आएको सिन्धुली प्रहरीले जानकारी दिएको छ । 

मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गर्नुका साथै राजमार्ग अवरुद्ध गरेका थिए । 

आज बिहान रामेछापको मन्थलीबाट काठमाडौंजाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौंबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १०, रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थलमै मृत्यु भएको थियो , मोटरसाइकल चालक खोटाङको तुवाचुङ नगरपालिका–२ का कुमार राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro