site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विद्युत् महसुल नतिर्ने थप पाँच उद्योगको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले थप पाँच उद्योगको लाइन काटेको छ । प्राधिकरणले आज सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, सोनापुर सिमेन्ट, अशोक स्टिल र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको हो ।

प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काट्न थालेको छ । प्राधिकरणले ५० करोडभन्दा बढी बक्यौता तिर्न बाँकी उद्योगको लाइन काटिरहेको छ ।

Dabur Nepal
NIC Asia

यसअघि शुक्रबारमात्र चार उद्योगको लाइन काटिएको थियो । प्राधिकरणले शुक्रबार डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो ।

प्राधिकरणका अनुसार ६१ वटा कम्पनीले ट्रंक र डेडिकेटेड लाइनको सुविधा लिएर बक्यौता तिरेका छैनन् । सावाँ २० अर्बमा ब्याज र जरिवाना पाँच अर्ब रुपैयाँ गरी उद्योगले २५ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको बताइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  २१:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro