विदेश
बुजुम्बुरा । बुरुन्डी–प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) सीमानजिकै शुक्रबार राति अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको बुरुन्डी सरकारका प्रवक्ताले शनिबार दिउँसो बताएका छन् ।
बुरुन्डी सरकारका महासचिव तथा प्रवक्ता जेरोम नियोन्जिमाले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार, पश्चिम बुरुन्डीको बुजुम्बुरा प्रान्तस्थित मुटिम्बुजी जिल्लाको गाटुम्बामा भएको सो आक्रमणमा अधिकांश महिला र बालबालिकालाई निसाना बनाइएको छ ।
घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: शनिबार, पुस ७, २०८० २१:५२
प्रतिक्रिया दिनुहोस्