site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
किरातीलाई बर्खास्त र पशुपति क्षेत्र विकास कोषको नियुक्ति खारेज गर्न राप्रपा नेपालको माग
राप्रपा नेपालका अध्यक्ष कमल थापा । फाइल तस्बिर ।

काठमाडौं । राप्रपा नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले किरातीले संविधानविपरीत धार्मिक र साम्प्रदायिक विद्वेष फैलाउने खालको अभिव्यक्ति दिएको भन्दै उनलाई बर्खास्त गर्न माग गरेको हो ।

'सनातन धर्मावलम्बीहरूलाई अपमान गर्ने मन्त्री किरातीको अभिव्यक्ति कदापि स्वीकार्य नहुने' राप्रपा नेपालको निष्कर्ष छ । 

यसैगरी राप्रपा नेपालले पशुपतिनाथ मन्दिरको संरक्षण र सम्वर्द्धन गर्ने जिम्मेवारी बोकेको पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक पदमा 'गैरसनातनी र विधर्मी व्यक्ति'लाई मनोनीत गर्ने सरकारको निणर्य आपत्तिजनक रहेको बताएको छ । 

Dabur Nepal
NIC Asia

सरकारले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकका लक्ष्मी पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

"मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र पशुपति क्षेत्र विकास कोषमा विधर्मी व्यक्तिको नियुक्ति सनातन धर्म संस्कृति र परम्परा कमजोर बनाउने र विदेशी धर्म स्थापित गर्ने कुत्सित मनशाय र नियोजित षडयन्त्रबाट प्रेरित रहेको स्पष्ट बुझ्न सकिन्छ," राप्रपा नेपालले भनेको छ ।

मन्त्री किरातीलाई तत्काल पदबाट बर्खास्त गर्न र पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्ति फिर्ता नगरिए सशक्त प्रतिवादमा उत्रन राप्रपा नेपालको चेतावनी छ ।

राप्रपा नेपालले आफूहरूका माग सम्बोधन नभए पर्सि आइतबार देशभर विरोध प्रर्दशन र पुतला दहन कार्यक्रम गरिने राप्रपा नेपालका महामन्त्री एवं सचिवालय प्रमुख भास्कर भद्राले बताएका छन् ।

गएको बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री किरातीले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक देश भएकाले कसैको डरत्रासमा बस्न नहुने बताएपछि उनी विवादित बनेका छन् ।

 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro