site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखराविरुद्ध धनगढीको अग्रता
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा लिग चरणको आफ्नो अन्तिम खेलमा धनगढी एफसीले पोखरा थन्डर्सविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा मिलन राईले गोल गर्दै धनगढीलाई अग्रतामा राखेका हुन् ।

मिलनले खेलको ४२औँ मिनेटमा गोल गर्दै धनगढीलाई अग्रता दिलाए । पोखराका अभिषेक वाइवासँगको बल खोस्दै अहमद हिजाजीले बनाएको काउन्टरमा उनले गोल गरेका हुन् ।

हिजाजीले आफ्नो डिफेन्स लाइनबाट बल खोस्दै आफिज ओलावालेलाई पास दिएका थिए । सोही बल अघि बढाउँदै पोखराको पेनाल्टी क्षेत्रमा उसका कप्तान फ्रयांकलिन टलाले बल जिते पनि गोलकिपरलाई दिएको पास फितलो हुँदा पुनः ओलावालेले नै बल नियन्त्रण राखेका थिए । त्यसपछि ओलावालेले निकालेको क्रसमा अनमार्क रहेका मिलनले खाली पोस्टमा गोल गर्दै धनगढीलाई अग्रतामा राखेका हुन् ।

पोखराले प्लेअफमा स्थान बनाइसकेको छ । धनगढीलाई भने प्लेअफमा पुग्न आज जितको दबाब छ । तालिकाको शीर्ष स्थानमा रहेको पोखराले सात खेलबाट १४ अंक जोडेको छ । समान खेलबाट १२ अंकको धनगढी दोस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro