site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘न कोटा न अनुगमन’का ३९ विदेशी विश्वविद्यालयका ८७ कलेज नेपालमा

काठमाडौं । अनेक देशका विश्वविद्यालयबाट सम्बन्धन लिएका ८७ कलेज सञ्चालनमा छन् । हाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिँदै नयाँ कलेज खोल्न रोक लगाएको छ ।

नेपालमा खुलेका विदेशी कलेजले आन्तरिक शिक्षा प्रणाली ध्वस्त बनाए ! के भन्छ शिक्षा मन्त्रालय ?

विदेशी शिक्षा स्वदेशमै दिने उद्देश्य घोषित गरी खुलेका कलेजमा शिक्षाको गुणस्तर, पढाई र सिकाईका तरिका एवं जाँच पद्धतिमा विषयमा प्रश्न उठिरहेको छ । शिक्षा मन्त्रालयले यसअघि सञ्चालनमा रहेकालाई व्यवस्थित गर्न भनेर नयाँ कलेजलाई अनुमति नदिएको बताएको छ ।

९ देशका ३९ विश्वविद्यालयका कलेज नेपालमा

शिक्षा मन्त्रालयका अनुसार, हाल ९ देशका ३९ विश्विद्यालय तथा शिक्षण संस्थाबाट सम्बन्धन लिएका ८७ कलेज नेपालमा सञ्चालनमा छन् । यीमध्ये ३१ वटा कलेजमा ‘२ वर्षे ए लेभल’ वा सो सरह र ५६ कलेजमा स्नातक र स्नातकोत्तर तह सञ्चालनमा छन् । ८७ मध्ये ६५ वटा कलेज उपत्यकाभित्र र २२ वटा उपत्यकाबाहिर छन् ।

२६ हजार विद्यार्थी, २४० कार्यक्रम

यी कलेजमा हाल २६ हजार १३८ विद्यार्थी अध्ययनरत छन् । जसमा स्नातक र स्नातकोत्तर पढ्नेको संख्या २३ हजार २७५ छ । यस्तै, २ वर्षे ‘ए–लेभल’ र सो सरह पढ्ने विद्यार्थीको संख्या २ हजार ८६३ छ । सबै कलेजमा गरी ४ हजार ५०६ जना विद्यार्थीलाई छात्रवृत्ति दिइएको छ । यी कलेजहरूले २४० वटा कार्यक्रम चलाइरहेका छन् ।

सरकारलाई ७ करोड राजस्व

यी सबै कलेज विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ बाट नियमनमा रहेको मन्त्रालयले जनाएको छ । निर्देशिका बमोजिम कलेजहरूले धरौटी राख्नुपर्ने व्यवस्था छ । उक्त धरौटीवापत ३३ करोड २० लाख रुपैयाँ संकलन हुनुपर्नेमा २९ करोड ७ लाख ६२ हजार संकलन भएको र करिब ४ करोड संकलन हुन बाँकी छ ।

विदेशी कलेज न कोटा तोकिन्छन्, न अनुगमन नै– विज्ञ भन्छन् : फुक्काफाल शैलीको नियमन हुनैपर्छ

गत आर्थिक वर्षमा यी कलेजहरूबाट फरक–फरक शीर्षकका राजस्ववापत ७ करोड १७ लाख रुपैयाँ संकलन भएको शिक्षा मन्त्रालयले बताएको छ ।

धेरैजसो कलेज २०८२ सालको असार मसान्तसम्मका लागि नवीकरण भएका छन् । केहीको प्रक्रिया पूरा नभएको मन्त्रालयको भनाइ छ । अनेकन कारणले रोकिएका कलेज नवीकरणको प्रक्रियामा रहेको जानकारी मन्त्रालयका एक अधिकारीले दिए ।

नेपालमा सञ्चालनमा रहेका यी विदेशी कलेजले प्रत्येक विद्यार्थीबाट लिएको शुल्कबाट पैसा विदेशमा सम्बन्धित विश्वविद्यालयलाई पठाउने गर्छन् । यसबाट पैसा बाहिरिएपनि विद्यार्थी विदेश जानबाट रोकिएको र देशमै सुपथ मूल्यमा विदेशी शिक्षा प्रदान गरिरहेको कलेजहरूको दाबी छ ।

तर, कोटा नतोकिने, सबै विद्यार्थी पास हुने, सजिलो जाँच हुने यी कलेजको उचित निगरानी र मूल्यांकन नहुँदा स्वदेशी विश्वविद्यालयका कलेजले विद्यार्थी गुमाइरहेका छन् ।  विदेशी कलेजको नाम भए पनि गुणस्तर एवं र्यांक नहेरेरै भर्ना हुने हुँदा विद्यार्थीको भविष्यबारे समेत सरोकारवालाहरूले प्रश्न गर्न थालेका छन् ।

बढी व्यापारकेन्द्रित विदेशी कलेजको विस्तारले नेपालकै विश्वविद्यालयका कार्यक्रम समेत सञ्चालन गर्दा स्वदेशी शैक्षिक संस्थाहरूकै भविष्य नै संकटमा पर्नसक्ने चिन्ता समेत सरोकारवालाहरूको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro