site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारको विकल्प खोज्ने कुरै छैन, राष्ट्रिय सभामा तालमेल हुन्छ : माधव नेपाल
Sarbottam CementSarbottam Cement

चितवन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्दै उनले सरकारले राम्रो काम गर्दै हिम्मतका साथ अघि बढ्नुपर्नेमा जोड दिए । 

“सरकारले भ्रष्टाचारका विषयमा कडाइ गरेको छ, दण्डित गर्ने कदम चालेको छ भनेर प्रशंसा भएको छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

कामको आधारमा सरकारको प्रशंसा र आलोचना गर्ने उल्लेख गर्दै उनले भने, “आलोचना, निन्दा गर्नेहरू पनि हुन्छन्, प्रशंसा गर्नेहरू पनि हुन्छन् ।”

उनले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनबीच तालमेल हुने पनि बताए । गठबन्धनका दलबीच छलफल गरेर सिटको टुंगो लाग्ने उल्लेख गर्दै नेता नेपालले गठबन्धनबीच सिटको बाँडफाँट भएपछि आफ्नो पार्टीले उमेदवारका विषयमा मापदण्ड बनाउने बताए ।

Global Ime bank

“कति सिट हाम्रो भागमा पर्ने हो, कुन प्रदेश र कुन क्लस्टरमा हाम्रो भाग पर्ने हो । यी कुरा टुंगो लागिसकेपछि हामीले मापदण्ड बनाएर उम्मेदवार चयन गर्छाैं,” उनले भने ।

पार्टीभित्र राष्ट्रिय सभामा जाने व्यक्तिको कुनै कमी नभएको भन्दै उनले उमेदवारको लर्काे लागेको बताए ।

नेत्रविक्रम चन्द्र (विप्लव) लगायत नेतालाई पक्राउ पुर्जी जारी भएको विषयमा अध्यक्ष नेपालले पक्राउ पुर्जी जारी हुनु अनुचित भएको बताए ।

“हामी समाजवादी मोर्चामा पनि छौँ र गठबन्धन सरकारमा पनि छौँ, कानुनी प्रबन्धलाई पनि हेर्नुपर्ने हुन्छ । तर, उहाँहरूमाथि जुन गिरफ्तार गर्ने वारेन्ट जारी भएको छ, यो अनुचित छ,” नेपालले भने । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  २१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement