site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेको समीक्षा : ओली ‘क्रेज’ देखियो, दलप्रतिको आकर्षण घटेको छैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)ले १८ दिने संकल्प यात्राको समीक्षा थालेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालयका नेताहरूले सामान्य समीक्षा गरे । 

नेताहरूको साझा निष्कर्ष छ– एमालेप्रतिको जनविश्वास घटेको छैन, अध्यक्ष केपी शर्मा ओलीप्रतिको क्रेज बढेको छ । 

उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार आज कुनै निष्कर्ष निकालिएको छैन । आजको बैठकमा नेताहरूले यात्राका क्रममा आफूले देखेका कुराहरू प्रस्तुत गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“समग्रतामा यात्रा राम्रो भयो भन्ने हो । संस्थागतरूपमा कुनै निर्णय भएको छैन । आ–आफ्ना कुुरा राख्ने काम भयो,” उनले बाह्रखरीसँग भने ।

नेताहरूले मध्यपहाडमा अरू पार्टीबाट पनि साथ सहयोग पाउनुलाई सकारात्मक रूपमा लिएका छन् । 

Global Ime bank

“मध्यपहाडमा कार्यकर्ता जनता, अरू दलका नेता कार्यकर्ताबाट राम्रो सपोर्ट पाइयो । मध्यपहाडका समस्याहरू पहिचान गरेका छौँ । मध्यपहाडका विकासका समस्या के कस्ता छन् भन्ने देख्यौँ,” बैठकमा नेताहरूले राखेका विषयबारे उनले भने, “गाउँ उर्वरशील छ । बाटो, बिजुली, खानेपानी छ । तर, पनि किन बसाइ सरेको छन् त्यसो जरो भेटाउन सकिएन ।”

यात्राले राजनीतिक दलहरू चुनावका बेलामा मात्रै दैलोमा पुग्छन् भन्ने कुराको अन्त्य गरेको गुरुङको भनाइ छ । 

“राजनीतिक दलहरू चुनावका बेलामा मात्रै जान्छन् । एमाले अरू बेलामा पनि जान्छ । भिजन भएको पार्टी हो । एमालेले विकास गर्छ भन्ने कुरा देखाएका छौँ,” गुरुङ भन्छन् ।

मध्यपहाडमा सडक बनाएर मात्रै नहुने र विकासको करिडोर पनि सँगै लैजानुपर्ने धारणा गुरुङको छ । 

“सडक मात्रै बनाएर मात्रै भएन । विकासको करिडोर पनि बनाउनुपर्‍यो । औद्योगीकरण, पर्यटन, कृषिको आधुनिकीकरणको करिडोर बनाएर आर्थिकरूपमा विकास गर्नुपर्छ,” उनले छलफलका क्रममा भने ।

त्यस्तै, अध्यक्ष ओलीले सम्बोधन गर्नु र अरू पदाधिकारीसँगसँगै हिँड्नुले पार्टी नेतृत्व एक ढिक्का भएको सन्देश गएको नेताहरू बताउँछन् । 

उनीहरूको भनाइ छ– नेतृत्व एक ढिक्का छ । एकमना, एकता छ भन्ने सन्देश जनतालाई दियौँ ।

'आकर्षण घटेको छैन'

यात्राका क्रममा सभाहरूमा देखिएको उपस्थितिले पार्टीप्रतिको विश्वास नघटेको निष्कर्षमा नेताहरू पुगेका छन् । त्यस्तै पुराना दलहरूप्रति विकर्षण छ भन्ने हल्ला निधार सावित भएको बुझाइ एमाले नेताहरूको छ । 

“पुराना दलहरूप्रति आकर्षण कम भएको छ भन्ने चिरिएको छ । हाम्रो पार्टीप्रति आकर्षण बढेको छ,” उपमहासचिव गुरुङ भन्छन् ।

त्यस्तै, उपाध्यक्ष सुरेन्द्र पाण्डेको विश्लेषण पनि पार्टीप्रति आकर्षण बढेको भन्ने नै छ । पार्टी अध्यक्षप्रतिको विश्वास र भरोसा पनि देखिएको उनी बताउँछन् ।

“समग्रतामा यात्रा राम्रो भयो । एमाले, नेतृत्व, अध्यक्षप्रतिको विश्वास, भरोसा देखियो । अपवादबाहेक कार्यक्रमहरू राम्रा भए,” उनी भन्छन् ।

दलहरूमाथि विश्वास छैन भन्ने गाली निराधार रहेको पाण्डेको भनाइ छ । 

“दलहरूमाथिको विश्वास छैन भनेर गाली गरेको जस्तो देखिएन । मानिसहरूमा विश्वास र आकर्षण छ । यसलाई कसरी सुदृढ र खदिँलो बनाउने भन्नेमा ध्यान दिनुपर्छ,” उनले बैठकमा भनेका छन् ।

उपमहासचिव गुरुङ पनि पार्टी अध्यक्षप्रति क्रेज देखिएको बताउँछन् । उनी अरू पार्टीका मानिसहरू पनि अध्यक्षसँग नजिक हुनुले राम्रो सन्देश दिएको देख्छन् ।

“साना–साना स्कुले बालबालिका, अरू पार्टीका मानिसहरू पनि अरू छोडेर केपी ओलीसँग फोटो खिच्न आउने । बालबालिका काखमा बस्ने देखियो । अध्यक्षप्रतिको एक खालको आकर्षण बाल–वृद्ध सबैमा छ,” उनले बाह्रखरीसँग भने । 

त्यस्तै, कोसी प्रदेश पुग्नुअघि पहिचानवादीहरूले अवरोध गर्ने चेतावनी दिएका थिए । तर, उनीहरू उभिन नसकेको निष्कर्ष एमालेको छ । कोसीका सभामा जनता उर्लिएको उनीहरू बताउँछन् । 

त्यस्तै, राजतन्त्रप्रतिको आशा र नयाँ दलप्रतिको विश्वास भन्ने कुरा नरहेको निचोडमा एमाले नेताहरू देखिन्छन् ।

KP-Oli-1703081807.jpg

अब के गर्ने ? 

एमालेले नै सुरु गरेको योजना छिट्टै सुरु हुनु राम्रो पक्ष भएको उपाध्यक्ष पाण्डे बताउँछन् ।

“मध्यपहाडी हामीले नै सुरु गरेको हो । १५ वर्षमा १८ सय किलोमिटर ट्रयाक खुल्नु र अधिकांश ठाउँमा पिच हु्नु सफलता हो । पूर्वपश्चिम राजमार्ग एकहजार किलोमिटर जोडिनलाई ३३ वर्ष लागेको थियो । त्यहाँ वैदेशिक अनुदान थियो । नेपाल सरकारको पैसामा नै यति छिटो राम्रो हो,” पाण्डेको निष्कर्ष छ ।

ठेक्का नलाग्ने, लागेका ठाउँमा काम नगर्ने र काम गरेको भुक्तानी नपाउने जस्ता समस्या पनि देखिएको उनको भनाइ छ । 

त्यस्तै, मध्यपहाडी वरिपरि बनाउने भनेर घोषणा गरिए पनि सहरको प्रगति कमजोर देखिएको निष्कर्ष एमालेको छ । 

मध्यपहाडमा रणनीतिक योजना अघि बढाउनुपर्नेमा नेताहरू सहमत जस्तै देखिन्छन् ।

“मध्यपहाडको सम्भावनालाई देखाएको छ । पूर्वदेखि पश्चिममा सुन्तला , फलफूल उत्पादन देखिन्छ । त्यसले बजार पाएको छैन । जुस उत्पादनलगायतमा जानुपर्छ र राष्ट्रिय लेबलमा नै यो कुरा उठाउनुपर्छ,” पाण्डेले बाह्रखरीसँग भने, “रोजगारी बढे मध्यपहाडको बसाइसराइमा कम हुन्छ । विभिन्न ठाउँमा मागहरू आएका छन् । तिनीहरूको अध्ययन गरेर रणनीतिक योजनामा लाग्नुपर्छ ।”

पहाडी जिल्लाहरूमा पहिलेको भन्दा जनसंख्या घटेको छ । बसाइसराइ कम गर्न रोजगारीका योजना, बस्ती विकासमा लाग्नुपने, ठूला सहर बस्ती विकास गर्नुपर्ने देखिएको एमाले नेताहरू बताउँछन् ।

सरकारमा नहुँदा त्यसको पक्षमा वकालत गर्ने र सरकार हुँदा योजना बनाएर काम गर्ने तयारी एमालेको छ । 

संकल्पयात्राबारे अध्यक्ष ओलीसहितको प्रेस ब्रिफिङ हुने सचिव लेखराज भट्टले जनाकारी दिए । आजको बैठकमा अध्यक्ष ओलीले जनतनासँग जोडिएको बताएका छन् । 

“पुस ८ गते अध्यक्षसहित प्रेस ब्रिफ्रिङ हुन्छ । आजको बैठकमा अनुभूति प्रस्तुत भए,” उनले भने, “अध्यक्षले यात्राले जनतासँग जोडिएको, समस्याहरू थाहा पाउने काम भएको सहितका विषय राख्नुभयो ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  २०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !