site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले चुनाव लड्न नपाउने कोलोराडो अदालतको ठहर

काठमाडौं । अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले डोनाल्ड ट्रम्प राष्ट्रपतिको उमेदवार हुन नसक्ने फैसला गरेको छ।

करिब तीन वर्ष अमेरिकी संसद् भवनमा भएको विद्रोहमा उनी संलग्न रहेको भन्दै अदालतले मंगलबार आफ्नो राज्यमा ट्रम्पले चुनाव लड्न नसक्ने फैसला गरेको हो । संवैधानिक विद्रोहको धारा उद्धृत गर्दै उनले चुनाव लड्न नपाउने अदालतले फैसला गरेको हो । 

Argakhachi Cement Island Ad

ट्रम्पको उमेदवारी अभियानले यो निर्णयलाई लोकतन्त्र विरोधी भन्दै पुनरावेदनमा जाने बताएका छन् ।

राष्ट्रपति पदका उमेदवारलाई अयोग्य ठहर्याउन अमेरिकी संविधानको १४ औं संशोधनको धारा ३ को यो पहिलो प्रयोग भएको बताइएको छ ।

ट्रम्पलाई चुनाव लड्नबाट रोक लगाउने यस्तै प्रयास न्यु ह्याम्पशायर, मिनेसोटा र मिसिगन राज्यमा भने असफल भएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्