site stats
बाह्रखरी :: Baahrakhari
देश
रातारात 'गायब' पारिएको अस्पताल फिर्ता ल्याइदिन माग, प्रधानमन्त्री सकारात्मक

विराटनगर । मोरङको बेलबारीबाट रातारात सारिएको प्रदेश प्रहरी अस्पताल फिर्ता गराइदिन स्थानीयले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को ध्यानाकर्षण गराएका छन् । काठमाडौंमा प्रधानमन्त्रीलाई भेटेर विभिन्न राजनीतिक दलका नेता, प्रदेश सांसद र पालिकाका प्रतिनिधिले अस्पताल सारिँदा ठूलो क्षति हुने बताएका छन् । 

०७९ गत फागुन १० गते मोरङको बेलबारीमा अस्पताल सञ्चालन भएको थियो । तर, मंसिर २६ गते मध्यरातमा अस्पतालका सरसामान सुनसरीको इनरुवा सारिएको थियो ।

Argakhachi Cement Island Ad

कोसी प्रदेश सभा सदस्य गीत तिम्सिनाले आफूहरूले प्रहरी अस्पताललाई फेरि बेलबारीमै ल्याइदिन माग गरेको जानकारी दिइन् ।

भेट सकारात्मक बनेको कांग्रेस बेलबारीका सभापति छत्र लिम्बूले बताए । उनले भने, “प्रधानमन्त्रीज्यू सकारात्मक हुनुभएको छ । त्यसैले अस्पताल फिर्ता आउनेमा हामी ढुक्क छौँ ।”

प्रधानमन्त्रीसँगको भेटमा बेलबारीका मेयर दिलप्रसाद राई, उपमेयर नितु थापा, राष्ट्रिय सभा सदस्य विना पोख्रेल, कोसी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिना, नेपाली कांग्रेस बेलबारीका सभापति छत्र लिम्बू, नेकपा (एमाले) मोरङका सचिवालय सदस्य इरान राई, नेकपा (माओवादी केन्द्र)का नेता सावित्री कुमार काफ्ले, तिलक प्रसाद राई,  माओवादी  केन्द्र बेलबारीका अध्यक्ष परशुराम सुवेदी र नेपाली कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, कांग्रेस नेता डिल्लीराम गिरी लगायत सहभागी थिए ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्