site stats
बाह्रखरी :: Baahrakhari
खेल
अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो

काठमाडौं । अग्रता जोगाउन नसक्दा साविक विजेता बार्सिलोना स्पेनिस ला लिगामा भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको छ । १–० को अग्रता जोगाउन नसक्दा बार्सिलोना तीन अंक जोड्नबाट वञ्चित भएको हो ।

स्टाडियो मेस्टालामा भएको खेलमा जाओ फेलिक्सले ५५औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, ७०औँ मिनेटमा ह्युगो गुइलामोनले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काएका थिए ।

जारी सिजन साविक विजेता बार्सिलोनाको यो पाँचौँ बराबरी हो । १७ खेलबाट ३५ अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ । बार्सिलोना शीर्ष स्थानको जिरुनाभन्दा ६ अंकले पछि छ । जिरुनाले १६ खेल खेल्दा ४१ अंक जोडेको छ ।

१७ खेलबाट २० अंक जोडेको भ्यालेन्सिया भने तालिकाको १०औँ स्थानमा छ ।

Global Ime bank

ला लिगामा गएराति नै भएका अन्य खेलमा गाटाफेले सेभियालाई ३–० ले, एथ्लेटिक क्लबले एट्लेटिको मड्रिडलाई २–० ले र सेल्टा भिगोले ग्रानाडालाई १–० ले पराजित गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu