site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
काम नगरे सिंहदरबारबाट खुमलटार पुर्‍याउँछु भन्न सक्नुपर्छ : गगन थापा
तस्बिर : रासस ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारको काम सन्तोषजनक नभएको बताएका छन् । एक वर्षको अवधिमा सरकारले राम्रो गरेको भनेर किटान गर्न सकिने कुनै काम नभएको उनको भनाइ छ ।

शनिबार कांग्रेस पाल्पा जिल्ला सम्मेलनमा उनले यो कुरा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सामु भनिसकेको बताए । संसद्‌मा उभिएर पनि यो कुरा राख्ने उनले उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मैले, कांग्रेसका सांसदहरूले मत दिएर बनाएको प्रधानमन्त्री पुष्पकमल दाहाल । एक वर्ष भयो, म कांग्रेसको सांसद भएर, यो सरकारलाई मत दिने सांसद भएर म यो सरकारले यो काम राम्रो गर्‍यो, यो काम गर्‍यो एक वर्षभित्र भनेर भन्न सक्दिनँ,” उनले भने, “किनकि, मैले भन्न पाएको छैन । संसद्‌मा उभिएर यो भन्छु । प्रधानमन्त्रीको अगाडि भनेर आएको छु ।”

सरकारमा गएपछि जो कोही भए पनि राम्रो काम गर्नुपर्नेमा उनले जोड दिए । राम्रो काम गर्न नसके सरकारमा बसिरहनुको औचित्य नहुने उनले बताए ।

“गर्नुपर्ने काम तपाईं गर्नुहुन्छ भने तपाईंलाई प्रधानमन्त्रीको रूपमा राखिराख्छौँ, तपाईंलाई मद्दत गर्छौँ, तपाईंले काम गर्न सक्नु हुन्न भने तपाईंलाई सिंहदरबारबाट खुमलटार पुर्‍याउँछु भनेर कांग्रेसले भन्न सक्नुपर्छ,” महामन्त्री थापाले कार्यक्रममा भने ।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्