site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुरधाममा मटकोर सम्पन्न
तस्बिर : चन्द्रदेव साह/रासस ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । भगवान् राम र जानकीको वैवाहिक कार्यक्रमअन्तर्गत शनिबार जनकपुरधाममा मटकोर सम्पन्न भएको छ ।

मटकोरमा जानकी मन्दिरबाट बाजागाजासहित महिलाले जनकपुरधामको ऐतिहासिक गंगासागरमा पुगी विवाहको वेदी बनाउन माटो ल्याएका छन् । महिलाले माटो बोकेर नगर परिक्रमा समेत गरेका थिए ।

मटकोरका क्रममा गंगासागरको डिलमा भजनकीर्तनको कार्यक्रम राखिएको थियो । जानकीको प्रतीकका रूपमा रहेकी बालिकालाई लिएर बाजागाजासहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव गंगासागर पुगेका थिए ।

वैदिक मन्त्र उच्चारण गरी विधिपूर्वक जानकी मन्दिरमा भित्र्याइएको माटोले रामजानकी विवाहका निम्ति वेदी तयार गर्ने चलन छ । जनकपुरधाममा साताव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर कार्यक्रम सम्पन्न भएको हो ।

आइतबार स्वयंवर तथा विवाहोत्सव र सोमबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro