site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले प्रभावकारी ढंगले काम गरिरहेको थियो, षडयन्त्र गरेर हटाए : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रभावकारी ढंगले देश विकासको काम गरिरहेको अवस्थामा षडयन्त्र गरेर सत्ताबाट हटाइएको बताएका छन् ।

'झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा' अन्तर्गत शुक्रबार तेह्रथुमको आठराई गाँउपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले एमाले सरकारले मुलुकमा असाधारण विकासको काम गर्न खोजेकाले षडयन्त्रपूर्ण ढंगले सत्ताबाट हटाउने काम भएको बताएका हुन् ।

Argakhachi Cement Island Ad

एमालेलाई सरकारबाट हटाए पनि जनतामा प्रभाव विस्थापित गर्न नसकेको र लोकप्रिय पार्टी हुन सफल भएको उनको दाबी छ ।

ओलीले मिसन २०८४ का लागि संकल्प यात्रा आयोजना गरेको र लाखौँ जनता सहभागी भएको बताए ।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभन्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्