site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से सामान्य अंकले बढ्यो 

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ६.५५ अंकले बढेर १९९४.६० विन्दुमा पुगेको छ । 

यसदिन ३०० वटा धितोपत्रको ९६ लाख ३७ हजार ४५५ कित्ता सेयर तीन अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रुपैयाँमा किनबेच भएको छ । १४० वटा कम्पनीको सूचक बढ्दा ९१ वटा घटेको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले बढेर ३७६.३६ को विन्दुमा पुगेको छ । १३ वटा उपसमूहमध्ये आठवटा उपसमूहको समूहगत सूचक बढेको छ । पाँच वटा उपसमूहको समूहगत सूचक भने घटेको छ । 

चार कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । आज बोटलर्स नेपाल, हिमालयन लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेप्लोपर्स र नेपाल रिपब्लिका मिडियाको सेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ४.९८ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro