site stats
बाह्रखरी :: Baahrakhari
देश
जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

प्युठान । प्युठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्युठानको ऐरावती गाउँपालिका–२, बरौलाबाट खलंगाको बुढाचौरतर्फ जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पुरानो भवननजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आज बिहान ११ः२० बजे लु३च ६८७४ नम्बरको स्कार्पियोको अगाडिको टायर पङचर भई ‘ब्रेकफेल’ भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए ।

Argakhachi Cement Island Ad

गाडीको अगाडि बाटोमा हिँडिरहेका मल्लरानी गाउँपालिका–३ का वडा सदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरूको उपचार जिल्ला अस्पताल बिजुवारमा भइरहेको उनले बताए । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्