site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले भने– हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयासमा छौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्रलाई हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्याल नेतृत्वको प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

रास्वपाको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकामा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ विमान खरिद प्रकरण पारदर्शी हुनुपर्नेलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको बताए । थप सुधारमार्फत कालोसूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने उनले उल्लेख गरे ।

‘‘मैले युरोपेली युनियनका प्रतिनिधिहरूसँग पनि यस विषयमा कुराकानी गरेको छु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणका पदाधिकारीहरूसँग पनि पटक–पटक छलफल गरेको छु,” प्रधानमन्त्रीले भने, “हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ । यसले अन्तर्राष्ट्रियजगत्मा पनि नेपालको छविमाथि प्रश्न उठ्न सक्छ । त्यसैले म गम्भीर छु ।’’

उनले थपे, ‘‘यसपटक हवाई सुरक्षामा केही सुधार भएको छ । त्यसको आधारमा ईयूको कालोसूचीबाट हट्छौँ कि भन्ने विश्वास थियो । तर, हाम्रो सुधार पर्याप्त भएन । थप सुधारका निम्ति काम गर्नुपर्ने परिस्थिति देखिएको छ । तपाईंहरूले दिएका सुझाव महत्त्वपूर्ण छन् । नियामक निकायहरूसँग थप छलफल गरेर परिणाममुखी नतिजाको प्रयास हुनेछ ।’’

 

 

 

p1-1702524542.jpgp2-1702524542.jpgp3-1702524541.jpgp4-1702524541.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro