site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं मलअगाडि माइक्रो बसले ठक्कर दिँदा ५ जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौं । काठमाडौं मल अगाडि माइक्रो बसले ठक्कर दिँदा पाँचजना घाइते भएका छन् ।

 बौद्ध–जोरपाटी रुटमा चल्ने बा१ज ६११८ नम्बरको माइक्रो बसले उनीहरूलाई ठक्कर दिएको हो ।

Argakhachi Cement Island Ad

अहिले घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको एसएसपी राजेन्द्र भट्टले जानकारी दिए ।

उनका अनुसार एकजना टाउकोमा गहिरो चोट लागेको छ । अरू चारजनाको अवस्था सामान्य छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्