site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तेस्रोपटक सुर्तीजन्य पदार्थ बेचे पसल नै बन्द गरिने, धूम्रपान गरे १०० रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र भोलिदेखि सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइने भएको छ । बिहीबारदेखि लागु हुने गरी सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा निधेष गरिने महानगरले जनाएको छ ।

महानगरका अनुसार कच्चा सुर्ती, खैनी, गुट्खासहित सुर्तीजन्य पदार्थ बिक्री र सेवनमा प्रतिबन्ध लगाइएको हो । महानगरले सबै पसलमा अनुगमन हुने र सुर्तीजन्य पदार्थ पाइएमा दुईपटकसम्म जफत गरिने र तेस्रोपटक पाइए पसल बन्द गरिने चेतावनी दिएको छ ।

महानगरले‍ धूम्रपान पनि निषेध गरेको छ । अबदेखि सार्वजनिक स्थलको एक सय मिटर वरिपरि धूम्रपान बेच्न र सेवन गर्न प्रतिबन्ध लगाइएको छ । धूम्रपान गरेमा सार्वजनिकस्थलबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना गरिने महानगरले जनाएको छ । सार्वजनिकस्थलको एक सय मिटर वरिपरि वितरण गरेको पाइए जफत गरी बन्द गरिने छ ।

यसका लागि काठमाडौं महानगरका चार क्षेत्रमा १० जनाका दरले नगरप्रहरी परिचालन गरिने र केन्द्रमा १० जना निरन्तर अनुगमनका लागि गरी पहिलो चरणमा ५० जना नगरप्रहरी परिचालन हुने र सादा पोसाकमा समेत नगर प्रहरीले अनुगमन गर्ने महानगरले जनाएको छ । त्यसपछि आवश्यकता अनुसार थप नगरप्रहरी र अन्य कर्मचारीसमेत परिचालित हुने छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro