site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिचानवादीको आन्दोलनप्रति बाँस्कोटाको टिप्पणी : फुटाउ र राज गर भन्ने पुरानो ‘फर्मुला’ फेरि पराजित हुन्छ 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य तथा सांसद गोकुल बाँस्कोटाले पहिचानवादीको आन्दोलनलाई अन्ध जातिवादको भद्दा नमुनाको संज्ञा दिएका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालमार्फत फुटाउ र राज गर भन्ने पुरानो ‘फर्मुला’ पराजित गरिने उल्लेख गरेका छन् । 

“पहिचान र सामथ्र्यलाई सन्तुलन गर्ने र व्यवहारमा समावेशीतालाई खरो उतार्दै आएको एमाले पार्टीविरुद्धको पहिचानवादी भनिनेको निरन्तरको हर्कत केवल अन्ध जातिवाद, नश्लवाद र फाँसीवादको भद्दा नमुना हो,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “फुटाउ र राज गर भन्ने त्यो पुरानो फर्मुला इतिहासले पटक–पटक पराजित गरेको छ र फेरि पनि गर्छ ।” 

एमालेको संकल्प यात्रा आजबाट कोसी प्रदेश प्रवेश गरेको छ । एमालेको यात्रा अवरोध गर्न खोजेपछि पहिचानवादी नेता तथा पूर्वमन्त्री गोपाल किराँतीसहितलाई प्रहरीले पक्राउ गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro