site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिण कोरियामा अमेरिकी लडाकु विमान एफ–१६ दुर्घटनाग्रस्त

काठमाडौं । दक्षिण कोरियामा अमेरिकाको एफ–१६ लडाकु विमान नियमित प्रशिक्षण अभ्यासको क्रममा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

विमान दुर्घटना हुँदा पाइलट भने बाहिर निस्किसकेको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

दक्षिण कोरियाको गुन्सानस्थित अमेरिकी वायुसेनाको अड्डानजिक दुर्घटना भएको बताइएको छ । 

राजधानी सियोलबाट १७८ किलोमिटर दक्षिणमा रहेको गुन्सान हवाई अड्डाबाट उडान भरेपछि विमान पानीमा खसेको बताइएको छ ।

यसअघि गत मेमा पनि एफ–१६ विमान दुर्घटनाग्रस्त भएको थियो । त्यतिबेला पनि पाइलट सुरक्षित रूपमा बाहिर निस्किएका थिए ।

वांसिगटन सियोलको प्रमुख रक्षा सहयोगी हो । दक्षिण कोरियामा करिब २८ हजार ५०० अमेरिकी सेना तैनाथ छन् ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro