site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उदयपुरमा आगलागी हुँदा अढाई करोडबराबरको क्षति

काठमाडौं । उदयपुर सदरमुकाम गाईघाटमा आगलागी हुँदा अढाई करोड रुपैयाँबराबरको क्षति भएको छ । राज अटो पार्ट्स पसलबाट विद्युत् सर्ट भई सुरु भएको आगलागीले पाँच पसलमा पूर्ण र पाँच पसलमा आंशिक क्षति भएको छ ।

आगलागीबाट राज अटो पार्ट्स पसल जलेर पूर्ण रूपमा नष्ट हुँदा करिब ७० लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सोही आगलागीमा इजिकुल इन्जिनियरिङ सेन्टर पूर्ण रूपमा जलेर नष्ट भएको छ । महालक्ष्मी अटो पार्ट्सलगायत पसल पनि जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

आगो नियन्त्रणमा लिन सो क्षेत्रका सात पसल स्काभेटर लगाएर भत्काइएको थियो । आगलागीबाट ग्यारेजमा मर्मत गर्न राखिएका नयाँ र पुराना गरी कम्तीमा ५० थान मोटरसाइकल तथा मोटर र लेथ मेसिनसहित विभिन्न यन्त्र–उपकरण जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयले त्रियुगा, चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिकाको दमकलको सहयोगमा झन्डै डेढ घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro