site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जलवायु परिवर्तनका मुद्दालाई न्यायोचित रूपमा सम्बोधन गर्न आवश्यक : कोप २८ अध्यक्ष
गेट्टी इमेज ।

काठमाडौं । कोप २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले जलवायु परिवर्तन न्यूनीकरणका निम्ति भइरहेको बहसलाई चाँडोभन्दा चाँडो अन्तिम निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । उनले प्रगति भइरहे पनि पर्याप्त र छिटो काम हुन नसकेको बताए ।

संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्षहरूको सम्मेलनको २८औँ सत्रमा कोप २८ को पछिल्लो घटनाक्रमबारे जानकारी दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले जलवायु परिवर्तनका मुद्दालाई गहन रूपमा लिएर खुला छलफल गर्न आवश्यक रहेको बताए । जलवायु परिवर्तनका मुद्दालाई निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्न आवश्यक रहेको उनले उल्लेख गरे ।

आफूले सो समाधानका निम्ति सबै देशहरू तयार हुनुपर्ने चाहेको उनले बताए । सबैजना लचिलो हुन र सम्झौता स्वीकार गर्न तयार हुनुपर्नेमा उनले जोड दिए ।

कोप २८ नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म चल्नेछ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro