देश

काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल गाङसिङडाँडाका ४८ वर्षीय डम्मरबहादुर सारुको आफैँले बोकेको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ । फापर खान बारीमा आएका दुम्सीलाई मार्न जाने क्रममा चिप्लिएर लडी आफैँले बोकेको बन्दुक पड्केर छर्रा लागेको थियो ।
गए राति छर्रा लागेर घाइते भएका सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रकाशित दैनिक समाचार बुलेटिनमा जनाइएको छ ।
इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले निस्दी–४, सपांदीगैरास्थित खरबारीको अम्रिसो घारीमा एकनाले भरुवा बन्दुक एकथान र झोला बरामद गरेको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रासस
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० १३:२६
प्रतिक्रिया दिनुहोस्