site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेमा एक घण्टा नबित्दै दुईपटक ‘सकारात्मक सर्किट’, ४० मिनेट कारोबार स्थगित 

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक आइतबार पहिलो एक घण्टामै दुईपटक ‘सकारामत्क सर्किट’ लागेको छ ।

कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से ४ प्रतिशतले बढेर २० मिनेट कारोबार स्थगित भएको थियो । त्यसपछि ५ प्रतिशले बढेपछि कारोबार ४० मिनेटका निम्ति स्थगित गरिएको छ ।

बिहान ११ बजे खुलेको नेप्से त्यसको पाँच मिनेटपछि ४ प्रतिशतले बढ्दा २० मिनेट कारोबार रोकिएको थियो । त्यसपछि ११ः२५ मा खुलेको नेप्से पाँच प्रतिशतले बढ्दा ४० मिनेटका निम्ति कारोबार रोकिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले जनाकारी दिए ।

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro