site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘बिजुली बेचेर आम्दानी गर्ने अवस्थामा पुग्दै छौँँ’
म्याग्दीको रघुगंगा गाउँपालिका–३, तिल्केनीचौरमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह निरीक्षण गर्दै मन्त्री शक्ति बस्नेत। तस्बिर : सन्तोष गौतम/रासस ।

बेनी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल बिजुली बिक्रीबाट आम्दानी गर्ने ठाउँमा पुगेको बताएका छन् । समाजवादी मोर्चा नेपाल म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै ऊर्जामन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

अबको दुई वर्षभित्र नेपालले विद्युत् बिक्रीबाट आम्दानी मात्र गर्ने र बिजुली खरिद गर्नु नपर्ने अवस्था आउने उनले बताए । नेपालबाट गत वर्ष १० अर्ब रुपैयाँको विद्युत् बिक्री भएको र २० अर्बको खरिद गरिएको उनले जानकारी दिए । मन्त्री बस्नेतले यो वर्ष नेपालले बिजुली बिक्रीबाट आम्दानी गर्ने दाबी गरे ।

“यो वर्ष हालसम्म १४ अर्बको विद्युत् बिक्री भइसकेको छ । जेठ र असारसम्म पुग्दा १८ अर्बसम्मको हामीले विद्युत् बिक्री गर्ने लक्ष्य राखेका छौँ । यो वर्ष नेपालले बाहिरबाट बढीमा १२ अर्बको मात्रै खरिद गरे पुग्छ । हामी यसै वर्षदेखि बिजुली बेचेर आम्दानी गर्ने अवस्थामा पुग्दै छौँ,” मन्त्री बस्नेतले भने ।

म्याग्दीका सबै घरधुरीमा केन्द्रीय विद्युतीकरणको पहुँच पुर्‍याउन आवश्यक बजेट विनियोजन गरेर कार्यक्रम अघि बढेको उनले जानकारी दिए । मन्त्री बस्नेतले नेपाल अँध्यारोमुक्त बन्ने बाटोमा रहेको बताए । म्याग्दीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको राहुघाट जलविद्युत् आयोजनमा स्थानीयलाई सेयरको सुनिश्चित गर्ने समेत उनले प्रतिबद्धता जनाए ।

मन्त्री बस्नेतले मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको जिकिर समेत गरे । “सरकार गठन हुँदाको अवस्था र अहिले धेरै फरक भएको छ । सबै सूचकहरूको विश्लेषण गर्दा मुलुकको आर्थिक अवस्था लयमा फर्कन लागेको देखिएको छ । यो सरकारले गरेको सकरात्मक काम हो,” मन्त्री बस्नेतले भने ।

उनले व्यापार घाटा न्यूनीकरण, मूल्यवृद्धि नियन्त्रण र रोजगारका अवसर सिर्जना गर्नेतर्फ सरकारले ध्यान केन्द्रित गरेको बताए ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका नेता बस्नेतले नेपालको नयाँ संविधानमा समाजवादोन्मुख अर्थव्यवस्थालाई स्वीकार गरेकाले अबको ध्यान समाजवाद निर्माणमा केन्द्रित हुने बताए । उनले समाजवादी मोर्चामा सरकार र सरकारबाहिरका दल समेत आबद्ध रहेकाले मुलुकमा समाजवाद निर्माण गर्न सरकार, संसद् र सडकबाट रचनात्मक भूमिका खेल्नुपर्ने धारणा राखे । रासस

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  २२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro