site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्पोर्टिङ इलामले दुई गोलको अग्रता जोगाउन सकेन

काठमाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा स्पोर्टिङ इलाम एफसीले शनिबार नेपाल सुपर लिग (एनएसएल)मा दोस्रो जित निकाल्ने अवसर गुमाएको छ । दशरथ रंगशालामा स्पोर्टिङ इलामले आफ्नो पाँचौँ खेलमा शनिकार दुई गोलको अग्रता जोगाउन नसक्दा धनगढी एफसीसँग २–२ को बराबरी नतिजा सामना गरेको हो ।

अन्तिम २१ मिनेटमा दुई गोल फर्काउँदै धनगढीले हारको संकट टार्‍यो । यो बराबरीसँगै अपराजित धनगढी चार खेलबाट आठ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट पोखरा थन्डर्सको पनि समान आठ अंक छ । धेरै गोल गरेको आधारमा धनगढी शीर्ष स्थानमा पुगेको हो ।

Dabur Nepal
NIC Asia

स्पोर्टिङ इलाम भने पाँच खेलमा एक जित र एक बराबरीबाट चार अंकसहित छैटौँ स्थानमा छ ।

शनिबार खेलको ४४औँ मिनेटमा स्पोर्टिङ इलामले अग्रता लिएको थियो । अमाथ एन्डअले दिएको पासमा फोडे क्यामराले खाली पोस्टमा गोल गरे । पहिलो हाफको थप गरिएको समयमा इलामले अर्को गोल फर्कायो । नवीन लामाको कर्नर बललाई धनगढीका गोलकिपर ताहाले फुत्काएपछि ओमार मुस्ताफा थियमले वान टच गोल गरे । त्यससँगै पहिलो हाफमा स्पोर्टिङ इलामले २–० को अग्रता लियो ।

धनगढीले ६९औँ मिनेटमा पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पायो । इलामका डिफेन्डर जितेले फोडे फोफानलाई लडाएपछि धनगढीले पेनाल्टी पायो । सो अवसरमा धनगढीका रिचर्ड अग्येमेङले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए ।

८३औँ मिनेटमा ओलावाले आफिजको हेडरमार्फत धनगढी २–२ को बराबरीमा फर्कियो । फोफानाले राइट कर्नरबाट दिएको बललाई आफिजले उत्कृष्ट हेडर गर्दै गोल गरे । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro