राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद चन्दा कार्की भण्डारीले काण्डहरूको चाङ हुँदा पनि सुशासन समिति निरीह भएको बताएकी छन् ।
राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भनिन्, “सदनको समितिको क्यालेन्डरअनुसार काम गर्न पाए सहज हुने थियो । काण्डहरूको चाङ छ । हामी सुशासन समिति भनेर बस्ने, निरीह बनेर हेर्ने कि केही बोल्ने हो ?”
उनले एनसेलको विषयमा सरकारको स्वामित्वमा आउन नदिने र व्यक्तिको नाममा लैजान चलखेल गरेको बताइन् । उनले यो विषयमा तमासा निरीह बनेर हेरिरहने हो ? भनि प्रश्न गरिन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८० १२:३९
प्रतिक्रिया दिनुहोस्