site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाल प्रहरीका जवान राम यसरी पुगेका थिए रसियन आर्मीमा
SkywellSkywell

काठमाडौं ।  ‘‘सबैका श्रीमतीको गलाभरी गहना हुन्छन् । मेरो श्रीमतीले चाहेर पनि त्यो लगाउन पाउँदिनन् । किनकि मैले किनेर उनलाई दिनै सकेको छैन । एक छोरा/एक छोरी छन् । उनीहरुलाई राम्रो स्कुलमा पढाउन पनि सक्दिनँ, त्यहीँ पीडाबोधले प्रहरीको सेवाप्रति बिरक्त लाग्यो,’’ रसियन आर्मी हुन पुगेका नेपाल प्रहरीका जवान राम माझी (नाम परिवर्तन) को दुखेसो हो, यो  ।

उनी प्रहरी जवानको तलबले घर धान्नै नसकिने निस्कर्षमा पुगे । उनी पैसा कमाउन जतिसुकै ठूलो चुनौती मोल्नसमेत तयार भए । त्यही बेला उनको फेसबुकमा आफूभन्दा एक सिनियर प्रहरी जवानलाई नेपाल प्रहरीको बर्दी होइन, रसियन आर्मीको बर्दीमा ठाटिएको देखे । 

हतार हतार फेसबुकको इनबक्समा म्यासेज गरे, ‘‘दाई कसरी रसिया पुग्नुभयो । म पनि जागिर छाडेर रसिया आउँछु ।’’

Dabur Nepal
NIC Asia

विना योजना पैसाकै लागि रसियन आर्मी हुन खोजेका रामलाई रसियन आर्मी भएर नेपाली तीन लाख कमाई हुने लोभ तिनै पूर्व प्रहरीले दिए । तीन लाख कमाईको सपना देखेका रामले आफू कार्यरत प्रहरी कार्यालयलाई १४ दिनको घर विदा स्वीकृत गराएर रसियाका लागि तयारी गरे । 

रसिया पुगेर आर्मी नै बनेकाहरूबाट उनलाई काठमाडौंबाट रसिया पठाउने एजेन्टको नम्बरसमेत दिए । त्यसरी रसिया पठाउने गिरोहका सदस्य थिए– पोखराका शंकर लिम्बु । उनी लिम्बुमार्फत् नै रसियाका लागि तयारी भए । 

लिम्बुले रामलाई रसिया पुग्न भिजिट भिसाको सहारा लिएका थिए । त्यो बापत उनले लिम्बुलाई पाँच लाख रुपैयाँ तिरे । उनी त्रिभुवन विमानस्थल हुँदै असोज १ मा दुबई उडे । नेपाल छाडेको दुई दिनमै उनी रसिया पुगे । काठमाडौंबाट भिजिट भिसामा रसिया पुगेपनि उनी त्यहाँ पुगेर आर्मी बन्नु थियो । मस्कोमा लिम्बुकै मानिस उनलाई लिन आए ।

मस्को पुगेको तीन दिनमै राम रसियन आर्मीका लागि छनोट क्याम्पमा पुगे । उनी आर्मीको छनोट क्याम्पमा पुग्दा उनीजस्तै अन्य नौजना नेपाली पनि आर्मी नै हुन त्यही क्याम्पमा पुगेका थिए । रसियन आर्मीले उनीहरुलाई तीन दिन मस्कोकै क्याम्पमा राख्यो । तीन दिनपछि भने उनीहरुलाई रसियाको अर्को सहर रस्तोप पुर्‍यायो । त्यहाँ उनीहरुको शारीरिक चेक जाँच भयो । हतियार चलाउन सिकायो । 

१५ दिन हतियार चलाउन सिकाएपछि उनीहरुलाई युद्धका लागि युक्रेनी भूमितिर पठायो । त्यतिबेलासम्म राम आर्थिक रुपमा आफ्नो जीवन परिवर्तन हुनेमा ढुक्क थिए ।

९ जनामा ३ जना अझै सम्पर्कविहीन

पैसा कमाउने लोभले प्रहरीको जागिर छाडेर रसियन आर्मी हुन पुगेका राम जोगिएर त फर्किए । तर, उनलाई ऋणको भार थपिएको छ । पैसा कमाउन रसियन आर्मी बनेका राम भाग्यबस भागेर बाँचेर नेपाल फर्किएका छन् ।

उनी ५ मंसिरमा नेपाल फर्किका हुन् । करिब दुई महिना काम गरेपछि भागेर नेपाल फर्किएको जानकारी उनले दिए ।  आफूहरुसँगै रसियन आर्मी भएका ९ जनामध्ये दुई जना घाइते अवस्थामा नेपाल फर्किएको र तीन जना भने युद्धकै क्रममा बेपत्ता भएको उनी बताउँछन् ।

“हामी रसियन आर्मीबाट युक्रेनसँग लड्न बाख्मुथ क्षेत्र पुगेका थियौँ । म लगायत त्यो समूहमा ९ जना नेपाली थियौं । तर, पछि तीन जना सम्पर्कमै आएनन् । उनीहरु जीवित छन् जस्तो लाग्दैन,” राम भन्छन् ।

युद्धको अवस्था भयावह र नेपालीको अवस्था निकै कठिन भएको उनको भनाइ छ । आफूलाई सूचना आएअनुसार रुसी सेनामा पाँच सय नेपाली भन्दा बढी भर्ना भएको उनको दाबी छ । अब पैसा भन्दा आफै जोगिएर नेपाल फर्किन पाएकामै उनी आफूलाई भाग्यमानी ठान्छन् ।

उनका अनुसार, सेनामा भर्ती भएका नेपालीलाई युद्धमोर्चाको अग्रभागमा खटाउने हुँदा बाँच्ने सम्भव अत्यन्त कम हुन्छ । रुसी सेनामा हाल नेपाली सेना र सशस्त्र प्रहरी बलबाट समेत जागिर छाडेर जानेहरुको संख्या बढेको छ ।

सेनामा भर्ती हुन रुस पुगेर फर्किकाहरुको गुनासोका आधारमा हाल प्रहरीले रुस पठाउने गिरोहलाई धमाधम पक्राउ गर्न थालेको छ । काठमाडौं प्रहरीले बुधबार मात्रै १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । रामसहितलाई रुस पठाउने गिरोहको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

(नेपाल प्रहरीका जवान रसियाबाट फर्किएर फेरि ड्युटीमै फर्किएको हुनाले आफ्नो नाम गोप्य राख्ने सर्तमामात्रै बाह्रखरीसँग कुरा गर्न तयार भएकाले उनको नाम परिवर्तन गरी राखिएको हो

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu