site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठमेल चौबिसै घण्टा खुलाउने र ‘फ्री भेइकल जोन’ बनाउने तयारी
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा व्यापार, व्यवसाय चौबिसै घण्टा खुलाउने तयारी गरिएको छ । ठमेल चौबिसै घण्टा खुलाउने गरी ‘व्यवसायी आचारसंहिता’ बनाइरहेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए ।

आउँदो अंग्रेजी नयाँ वर्षभित्र नै ठमेल चौबिसै घण्टा खुला गर्ने र ‘फ्री भेइकल जोन’ बनाउने गरी तयारी भइरहेको शर्माले जानकारी दिए ।

शान्ति सुरक्षा, पार्किङ व्यवस्थापन, चौबिसै घण्टा खुला गर्दा कुनै पनि व्यवसायीलाई मर्का नपर्ने गरी कसरी सञ्चालन गर्न सकिन्छ भनेर व्यावसायिक आचारसंहिता बनाइरहेको उनले उल्लेख गरे ।

KFC Island Ad
NIC Asia

“शान्ति सुरक्षा व्यवस्थापन कसरी गर्ने ? पार्किङ व्यवस्थापन कसरी गर्ने ? चौबिसै घण्टा सञ्चालन गर्दा व्यवसायीलाई मर्का नपर्ने गरी कसरी सञ्चालन गर्ने भनेर हामीले व्यावसायिक आचारसंहिता बनाइरहेका छौँ,” शर्माले बाह्रखरीसित भने, “काठमाडौं महानगर, दरबार वृत्त, सोह्रखुट्टे वृत्त, ट्राफिक महाशाखा, ठमेल पर्यटन विकास परिषद्, ठमेलसँग जोडिएका चारवटै वडाका जनप्रतिनिधिसहितको एउटा समिति गठन गरेर आचारसंहिता बनाइरहेका छौं ।”

आचारसंहिता पारितपछि ठमेल चौबिसै घण्टा खुलाइने उनले जानकारी दिए ।

Royal Enfield Island Ad

यस्तै, बेलुका ७ देखि बिहान ५ बजेसम्म ठमेल क्षेत्र ‘फ्री भेइकल जोन’ बनाइनेछ । “त्यसका लागि अहिले सीसी क्यामेरा, सडकबत्ती जडान, स्ट्रिट नम्बर राख्ने काम भइरहेको छ,” उनले भने, “यी सबै काम पूरा भएपछि ठमेल चौबिसै घण्टा खुलाउछौँ ।”

ठमेलमा अहिले ११२ वटा सीसी क्यामेरा जडान गरिएको छ । त्यसले ठमेलमा हुन सक्ने सम्भावित घटना नियन्त्रण गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

“अहिले ११२ वटा क्यामेरा जडान गरेका छौँ । त्यो एकदमै हाई टेक्नालोजी हो । त्यसले पूरै ठमेललाई कभर हुन्छ । ठमेलमा हुन सक्ने सम्भावित घटनालाई नियन्त्रण लिन सहयोग पुग्छ,” शर्माले भने ।

सडकबत्ती जडानको काम दुई हप्ताभित्र सकिने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १५:२८
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro