site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्यवसाय गर्न नेपालमा जस्तो अवसर अन्यत्र नरहेकाे अध्यक्ष ढकालकाे दाबी
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसाय गर्न नेपालमा जस्तो अवसर अन्य देशमा नभएको बताएका छन् । मंगलबार काठमाडौंमा अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले लगानीकर्ताका लागि व्यवसाय गर्न नेपालजस्तो सम्भावनाको ठाउँ अन्यत्र नरहेको दाबी गरे । अध्यक्ष ढकालले कोभिड १९, रुस–युक्रेन युद्धका कारण व्यवसायलाई केही असहज भए पनि भविष्यका लागि नेपालमा लगानी गर्न महत्वपूर्ण अवसर हुने बताए । 

नीतिगत कारण र नियमनकारी निकायको समन्वय नहुँदा समस्या परेको पनि बताए । “कतिपय कुराहरू हाम्रो नीतिगत कारणबाट र कतिपय सन्दर्भमा नीतिगत नियमनकारी निकायको समन्वय नहुँदा अवश्य मर्का परेको छ,” उनले भने, “नियमनकारी निकायको समन्वय भयो भने सञ्चालन गरेको व्यवसाय राम्रो हुन्छ । नेपालमा साँच्चै राम्रो अवसर छ । निजी क्षेत्रको तर्फबाट प्रधानमन्त्री, अर्थमन्त्रीसँग बसेर हामीले बलियो आवाज उठाउँदै आएका छौँ ।”

अध्यक्ष ढकालले नेपालमा पर्यटन, कृषि, आईटी र जलविद्युतको क्षेत्रमा ठूलो अवसर रहेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro