site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नीतिगत बहस पाँच वर्षमा गरौँ : मनीष झा
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले प्रत्येक वर्ष नीतिभन्दा कार्यक्रममा ‘फोकस’ भएर छलफल गरिनुपर्नेमा जोड दिएका छन् । आइतबार (वैशाख २८) प्रतिनिधिसभा बैठकमा उनले प्रत्येक वर्ष नीतिमाथि बहस गर्दा अस्थिरता निम्तिएको टिप्पणी गरे ।

“सरकारले हरेक वर्ष कार्यक्रममा फोकस भएर छलफल गर्ने हो कि ? नीतिगत स्थिरताका लागि पाँच वर्षमा एकचोटि मात्र छलफल गरेर एउटा स्टाट्रेजी बनाएर अगाडि बढ्ने हो कि भन्ने लाग्छ,” उनले भने ।

स्पन्ज आइरनको उदाहरण दिँदै सांसद झाले सरकार फेरिएपछि नीति परिवर्तन गर्ने गरिएको बताए । “एउटा अर्थमन्त्री आएर स्पन्ज आइरनको कुरा गर्नुभयो, अर्काे अर्थमन्त्रीले अर्काे वर्ष आएर हटाउनुभयो,” उनले भने, “निजी क्षेत्रले ४६ अर्ब रुपैयाँ नोक्सान व्यहोर्‍यो । हरेक वर्ष गरिने नीतिगत छलफल नकारात्मक उपज भइरहेको छ ।”

उनले अगाडि भने, “सोभिनिया, बेल्जियम, इटालीजस्तो देशमा हामीभन्दा धेरै सर्फेन्ट्ली सरकार परिवर्तन भइरहेको हुन्छ । तर, नीतिगत स्थिरताको अभ्यासले गर्दा त्यहाँको बजारले नोक्सानी व्यहोर्नुपरेको छैन ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro