site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शंकर ग्रुपले भन्यो– हिलटन जयवीर देउवाले खरिद गरेको होइन
Tiktok banner adTiktok banner ad

काठमाडौं । शंकर ग्रुपद्वारा निर्माण गरिएको होटल हिलटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवाले खरिद गरेको भन्दै शनिबार सामाजिक सञ्जालमा चर्को आलोचना भयो । अघिल्लो वर्षदेखि सञ्चालनमा आएको होटल हिलटन बिक्री भएको भन्ने सामाजिक सञ्जालको बहसलाई शंकर ग्रुपले ‘गलत’ भनेको छ ।

हिलटन होटल काठमाडौंको नक्सालमा सञ्चालनमा रहेको पाँचतारे होटल हो ।  करिब आठ अर्ब लगानीमा निर्माण गरिएको हिलटन होटलमा एक सय ७४ रुम छन् । अन्तर्राष्ट्रिय चेन होटल हिलटनका १२६ देशमा ब्रान्ड फैलिएको छ ।

शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहील अग्रवालले आइतबार बिहान बाह्रखरीसँगको कुराकानीमा सामाजिक सञ्जालमा केही व्यक्तिले आफूहरुको होटलका सन्दर्भमा गलत प्रचार गरेको भन्दै दुःख व्यक्त गरे ।

“हिलटन होटल जयवीर देउवाले खरिद गरेको भन्ने जुन तरिकाले प्रचार गरिएको छ, यो पूर्णत: गलत हो,” उनले भने, “हामी यी सबै आरोपको खण्डन गर्न चाहन्छौँ ।”

उनले आफूहरुले होटल नै बिक्री गर्न नचाहेको उल्लेख गर्दै नकारात्मकता फैलाउने समूहले जयवीर देउवाको नाम जोडेर बदनाम गर्न खोजेको बताए ।

“हामीले होटल बिक्री गर्न खोजेका पनि छैनौँ,” उनले भने, “त्यसमाथि हाम्रो कोही सदस्यले पनि जयवीर देउवालाई भेटेका छैनौँ । यस्तो गलत अफवाह किन फैलाइँदैछ ? हामीलाई जानकारी नै छैन ।”

उनले आफूहरुले होटललाई आईपीओमा लैजान लागेको बताउँदै त्यसमा रोक्न चलखेल गर्नेहरुले नै गलत आरोप लगाएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro