site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुटोन टाउनविरुद्ध लिग लिडर आर्सनलको रोमाञ्चक जित 
Tiktok banner adTiktok banner ad

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा लिग लिडर आर्सनलले लुटन टाउनमाथि ४–३ को रोमाञ्चक जित निकाल्यो ।

मंगलबार लुटन टाउनको मैदान केनिलवर्थ रोड रंगशालामा आर्सनललाई जित दिलाउन गाब्रियल मार्टिनेली, गाब्रियल जिसस, काइ हाभर्ट्ज र डेक्लान राइसले गोल गरे । घरेलु टिमा गाब्रियल ओशो, एलिया अदेबायो र रोस बार्कलीले गोल फर्काए पनि हार टार्न सकेनन् ।

खेलको २०औं मिनेटमा मार्टिनेलीले गरेको गोलबाट आर्सनलले अग्रता बनाएको थियो । त्यसको पाँच मिनेटपछि नै ओशोले लुटनबाट बराबरी गोल फर्काएका थिए ।

पहिलो हाफको अन्तिममिनेटमा जिससको गोलमार्फत आसर्नलले पुनः २–१ को अग्रता लियो ।  ४९औं आदेबायोले गोल गर्दै पुनः घरेलु टिमलाई खेलमा फर्काएका थिए ।

५७औं मिनेटमा बार्कलीले गोल गर्दै लुटन टाउनलाई ३–२ को अग्रतामा राखे । तर, लुटनको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । त्यसको मिनेटपछि नै हाभर्ट्जले आर्सनलाई ३–३ को बराबरीमा ल्याए ।

इन्जुरी समयमा राइसले गोल गरेपछि आर्सनलले ४– ३ को रोमाञ्चक जित सुनिश्चित गर्यो ।

जितसँगै १५ खेलमा ३६ अंक जोडेलको अर्सनलले शीर्ष स्थानमा पाँच अंकको दूरी बनाएको छ । आर्सनललाई पछ्याइरहेको लिभरपुलले १४ खेलबाट ३१ अंक जोडेको छ । लुटन भने समान खेलबाट नौ अंकका साथ १७औं स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro