site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
सामाजिक सञ्जाल निर्देशिकालाई समर्थन गर्दै टिकटकले पठायो पत्र

काठमाडौं । टिकटकले सरकारले स्वीकृत गरेको सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी निर्देशिकालाई समर्थन जनाउँदै पत्र पठाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमा टिकटकले कार्तिक २३ गतेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको सामाजिक सञ्जाल सञ्चालन एवं व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८० लाई समर्थन गरेको हो ।

सञ्चार मन्त्रालयले केही दिनअघि टिकटकले उक्त पत्र पठाएको बताएको छ । टिकटकले पठाएको पत्रबारे छलफल गर्न बाँकी रहेको र तत्काल सरकारले कुनै प्रतिक्रिया पठाउनेबारे तयारी नरहेको मन्त्रालयको भनाइ छ ।

टिकटकले पत्रमार्फत निर्देशिका अनुरूप आफू सञ्चालनमा रहन तयार रहेको संकेत गरेको मन्त्रालयका एक अधिकारीले बताएका छन् । तर, सरकारले नै बन्द गरिसकेको कारण खोल्ने निर्णय हुनुअघि यस सन्दर्भमा अन्य निकायले केही गर्न सक्ने स्थिति छैन ।

Global Ime bank

गत कार्तिक २७ गते सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  २०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu