site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एन्फा साधारणसभामा किन रोकियो गणेश थापालाई ? 
फाइल तस्बिर ।

काठमाडौं । धुलिखेलमा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई रोक लगाइएको छ । साधारणसभामा भाग लिन अदालतको कागजसहित शुक्रबार बिहानै धुलिखेल पुगेका थापा र उनका छोरा गौरव थापासँग एन्फाले जारी गरेको पास नभएको भन्दै प्रवेश नदिइएको हो । 

थापा र गौरव गेटमै रोकिएपछि स्थिति केहीबेर तनावपूर्ण बनेको थियो । आक्रोसित बनेका थापाले अदालतको निर्णय मान्नु पर्ने मागसहित लामो समय विवाद गरेका थिए । 

तर, थापालाई उद्घाटन सत्रमा प्रवेश दिइएन । एन्फाले थापालाई गेटमै रोकेपछि साधारणसभाका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलाई समेत सभाहलको अर्को गेटबाट भित्र प्रवेश गराइएको थियो । 

फिफाको १० वर्षको प्रतिबन्ध फुकुवा भएपछि थापा पहिलोपटक एन्फाको औपचारिक कार्यक्रममा सहभागी हुँदै छन् । उनी सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब आरसी ३२ को सदस्यको रूपमा साधारणसभामा सहभागी हुन पुगेका थिए । 

थापालाई साथ दिँदै एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही तथा सदस्य रवीन्द्र चन्द र रुपेश अधिकारी पनि उद्घाटन समारोहमा सहभागी भएनन् । 

प्रतिबन्ध फुकुवा भए पनि एन्फाले आफूलाई रोक्नसक्ने भन्दै उनले साधारणसभामा भाग लिन पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । 

वैशाख २१ मा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाकै पक्षमा फैसला गरेपछि उनी आज साधारणसभामा भाग लिन धुलिखेल पुगेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro