site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानसँगको तनावबारे अमेरिकाका लागि भारतीय राजदूतले के भने ?

काठमाडौं । अमेरिकाका लागि भारतका राजदूत विनय क्वात्राले पाकिस्तानविरुद्धको कारबाहीलाई ‘आतंकवादविरुद्धको युद्ध’को रूपमा वर्णन गरेका छन् ।

बिहीबार सीएनएनलाई दिएको अन्तर्वार्तामा उनले पाकिस्तानको कारबाहीको जवाफ मात्र भारतले दिइरहेको जनाएका हुन् ।

भारतले कश्मीरको पहलगाममा भएको आक्रमणका लागि लस्कर–ए–तैयबासँग सम्बन्धित पाकिस्तान–प्रशिक्षित ‘आतंककारी’लाई दोष लगाएको छ । तर, पाकिस्तानले यस आक्रमणमा आफ्नो कुनै सम्बन्ध रहेको अस्वीकार गरेको छ ।

विनय क्वात्रालाई सोधिएको थियो, 'के भारत पाकिस्तानविरुद्ध ‘युद्ध’ मा छ ?' जवाफमा उनले भने, “भारत आतंकवादीविरुद्धको युद्धमा छ ।” 

क्वात्रालाई यो तनाव आणविक युद्धको स्तरमा बढ्ने सम्भावना छ कि छैन भनेर पनि सोधिएको थियो । जवाफमा उनले भने, “यो पाकिस्तानलाई सोध्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro