राजनीति
-1746771734.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल राष्ट्र बैंकको गभर्नर तत्काल नियुक्ति गर्न सरकारलाई रुलिङ गर्न माग गरेका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले गभर्नरलाई राजनीतिक भागबण्डाको विषय बनाएको छताछुल्ल भएको बताए । उनले जटिल अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंक नेतृत्वको भूमिका महत्वपूर्ण भएको भन्दै रुलिङको माग गरे ।
“दलीय भागबण्डाको विषय बनाएर गभर्नर नियुक्ति भएको छैन । सम्मानीयज्यूले सरकारलाई गभर्नर नियुक्ति तत्काल गर्न रुलिङ होस् भन्ने चाहन्छु,” उनले भने ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२ १३:२५
प्रतिक्रिया दिनुहोस्