site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
विश्वविद्यालयका विद्यार्थीबीच ‘स्टिम सिकाइ सामग्री निर्माण’ प्रतिस्पर्धा, विजेतालाई ३० हजार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयका विद्यार्थीबीच ‘स्टिम सिकाइ सामग्री निर्माण’ प्रतिस्पर्धा गराउने भएको छ । मन्त्रालयले माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितमा प्रयोग गरिने सिकाइ सामग्री निर्माणको प्रतिस्पर्धा गराउन लागेको हो ।

विभिन्न विश्वविद्यालयका प्रतिस्पर्धी समूहले यी विषयमा सिकाइका निम्ति प्रयोग गरिने सामग्री बनाउनुपर्नेछ । त्यसका निम्ति मन्त्रालयले मंगलबार (आज)देखि ३० दिनभित्र आवेदन पेस गर्न भनेको छ ।

आवेदकमध्येबाट छानिने समूहलाई सो सामग्री बनाउन चार महिना समय दिइनेछ । प्रयोगात्मक सामग्री बनाउन मन्त्रालयले प्रत्येक समूहलाई २५ हजारदेखि एक लाख रुपैयाँसम्म खर्च दिनेछ ।

प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

सूचना पढ्नोस्–

efadsmg-1701775175.JPG

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro