site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विश्व संकटमा : राष्ट्रपति
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरी प्रभावित क्षेत्रका मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौती रहेको बताएका छन् । मंगलबार ललितपुरमा इसिमोड स्थापनाको ४०औँ वार्षिकोत्सव समारोहमा नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा हिउँ पग्लने, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले तहसनहस बनाएको उल्लेख गरे । उनले जलवायु परिवर्तनजन्य घटनाका कारण देशको अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानि पुगेको जिकिर गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले नेपालजस्ता मुलुकले हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शून्यसरह योगदान गरे पनि यसको प्रभाव अत्यधिक भोगेको बताए । जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाललगायत बढी मारमा परेका देशहरू रहेको पनि उनले बताए ।

उनले अहिलेको विश्व मानवसिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदूषणका कारण संकटमा रहेको उल्लेख गरे । न्युज एजेन्सी नेपाल

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement