site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आन्तरिकतर्फको कर लक्ष्यभन्दा कम, राजस्व लक्ष्य कसरी पूरा होला ?

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा अनुमान गरेको खर्चमध्ये १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्वमार्फत उठाउने लक्ष्य राखेको छ । चालु वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको सरकारले राजस्वबाट पुर्ताल नभएको रकम आन्तरिक ऋण तथा सहायतामार्फत पुर्ताल गर्ने लक्ष्य राखेको छ ।

तर, सरकारले लिएको राजस्व संकलन लक्ष्य, वैदेशिक सहायता, तथा वैदेशिक ऋण भने लक्ष्य अनुसार प्राप्त भएको छैन ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्षको पाँच महिना सकिन लाग्दा तीन खर्ब १२ अर्ब दुई करोड रुपैयाँ राजस्व संकलन भएको छ । मंसिर १७ गतेसम्म लक्ष्यको २१.९३ प्रतिशत मात्र राजस्व संकलन भएको हो ।

महालेखाका अनुसार गैरकरमार्फत २३ अर्ब ८१ करोड ३० लाख रुपैयाँ संकलन भएको छ भने करबापत दुई खर्ब ८८ अर्ब २१ करोड रुपैयाँ संकलन भएको हो ।

सरकारले प्रत्येक महिनामा राखेको राजस्व लक्ष्य भने पूरा हुन सकेको छैन । आन्तरिकतर्फ सरकारले कार्तिक मसान्तसम्म एक खर्ब ५७ अर्ब नौ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । आन्तरिक राजस्व विभागका अनुसार कार्तिक मसान्तसम्म एक खर्ब २७ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यस विभागले कार्तिकसम्म राखेको लक्ष्यको ८०.९५ प्रतिशत हो ।

विभागका अधिकारीहरू भने अहिले राजस्व प्रशासन सुधार भएको भन्दै लक्ष्य भेट्नेमा आफूहरू आशावादी रहेको बताउँछन् । घरजग्गाको कारोबार तथा आयात बढ्दै गएकाले यसरले आन्तरिक राजस्व वृद्धिमा उलेख्य सहयोग पुग्ने विभागका उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराई बताउँछन् ।

“हामीले आन्तरिक रूपमा राजस्व प्रशासन तथा सिस्टममा सुधार गरिरहेका छौँ । पुँजीगत खर्च बढिरहेको छ । घरजग्गाको बिक्री बढिरहेको छ । यो जति बढ्यो, कच्चापदार्थ पनि बढ्दै जान्छ,” उनले भने, “आयात पनि बढ्दै गएको छ । पुँजीगत खर्च र भुक्तानी पनि बढ्दै गएको छ । यसले खर्च बढाउँछन् । अहिलेको स्थितिमा गत वर्षकै जति राजस्व संकलन गरिरहेका छौँ ।” 

विभागले आन्तरिक राजस्व वृद्धि गर्न बजारको अनुगम पनि व्यापक रूपमा बढाउँदै लग्ने योजना बनाएको भट्टराई बताउँछन् । अहिले नै विभागे राखेको लक्ष्य भेटाउने अवस्था नरहेको पनि उनले बताए ।

“तत्कालै लक्ष्य भेटाउने अवस्था त छैन । तर, केही इन्डिकेटर हेर्दा वार्षिक लक्ष्य हासिल गर्न त्यति समस्या पर्दैन,” उनले भने, “हाम्रा प्रणालीहरूमा पारदर्शिता, डाटाको कटेक्टिभिटीले गर्दा पनि सहज भएको छ । आन्तरिक रूपमा हामीले प्रणालीमा सुधार गरेका छौँ ।”

कर परीक्षणका कुराहरू अनलाइन सिस्टममा लगिएको उनी बताउँछन् । भावी योजनामा ‘फेसलेस एसिस्मेन्ट’ जन करदाता र कर प्रशासनको भेट नभई काम सम्पन्न गरिने विधि अपनाउने तयारीमा विभाग रेहेको छ । टेक्नोलोजीको विकासमा पनि विभागले जोड दिने बताइएको छ ।

राजस्व संकलनमा करका नीति, करदाता, कर प्रशासनले अत्यान्तै प्रभाव पारेको भट्टराई बताउँछन् । 

साउनदेखि कार्तिकसम्म विभागले कुन शीर्षकमा कति राजस्व उठायो ?

आन्तरिक राजस्व विभागका अनुसार कार्तिक मसान्तसम्म आन्तरिकतर्फ लक्ष्यभन्दा बढी शिक्षा सेवा शीर्षकमा राजस्व संकलन भएको छ । कार्तिकसम्म शिक्षा सेवाबापत ८५ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, आयकर तथा ब्याजकरबापत उठ्ने राजस्वले भने लक्ष्य भेट्न खोजेको छ । आयकरबापत लक्ष्यको ९४.८७ प्रतिशत संकलन भएको छ भने ब्याजकरबापत उठ्ने राजस्व ९१.०६ प्रतिशत उठेको छ । 

Tax-1701711042.jpg

विभागले कार्तिक मसान्तसम्म आयकरबापत ४५ अर्ब ५१ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । उक्त अवधिमा विभागले ४३ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, ब्याजकरबापत विभागले १७ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा १५ अर्ब ९२ करोड २८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । 

लक्ष्यको सबैभन्दा कम घरबहाल कर उठेको छ । विभागले कार्तिकसम्म घरबहाल करबापत ९९ करोड ५१ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको भए पनि ५७ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro