site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्र बैंकका पाँच कार्यकारी निर्देशकको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । आगामी आइतबारदेखि लागु हुने गरी कार्यकारी निर्देशकको सरुवा गरिएको हो ।

यससँगै, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख डा. गुणाकर भट्टले भुक्तानी प्रणाली विभागको जिम्मा पाएका छन् । नियमन विभागको जिम्मा भने भुक्तानी प्रणाली विभागका गुरुप्रसाद पौडेलले पाएका छन् ।

हाल मानव संशाधन तथा जनशक्ति व्यवस्थापन विभागमा कार्यरत तुलसीप्रसाद घिमिरेले विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् । वित्त व्यवस्थापन विभाग हेर्दै आएका मुकुन्दप्रसाद क्षेत्रीले भने मानव संशाधन व्यवस्थापनको जिम्मा पाएका छन् ।

त्यसैगरी, हाल विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी समाल्दै आएका रामु पौडेलले वित्त व्यवस्थापनको जिम्मेवारी पाएका छन् ।

Global Ime bank

केही दिनअघि पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको थियो । त्यसलगतै आगामी आइतबारबाट लागु हुनेगरी थप पाँचजना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको हो ।

यसअघि मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यलाई सूचना प्रविधि विभागमा सरुवा गरिएको थियो । त्यस्तै उनको ठाउँमा मुद्रा व्यवस्थापन विभागमा प्रदीपराज पौडेललाई ल्याइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  २०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu