site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी टप्पुमा रमाउँदै पुष्पा र अञ्जली
Tiktok banner adTiktok banner ad

काठमाडौं । गएको असोज ९ गते चितवन राष्ट्रिय निकुञ्जबाट कोसी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएका पोथी गैँडा पुष्पा र अञ्जली यति बेला टप्पुमा रहेका हात्ती र त्यहाँका कर्मचारीसँग रमाउने गरेका छन् ।

माउबाट छुट्टिएको अवस्थामा फेला परेका पुष्पा र अञ्जली नामका गैँडाहरूलाई सो आरक्षमा स्थानान्तरण गरिएको थियो । ती गैँडालाई कोसी टप्पु वन्यजन्तु आरक्षको सप्तरीस्थित पथरी सेक्टरमा राखिएको छ । स्याहारसुसारका निम्ति एक कर्मचारी खटाइएको छ ।

योपटक कोसी टप्पुमा गरिएको स्थानान्तरण सफल हुने कैयन् आधार रहेको विज्ञ तथा संरक्षणकर्ताको भनाइ छ । विगतमा गरिएका गैँडा स्थानान्तरण पूर्ण रूपमा सफल भएको थिएन ।

सुनसरी, उदयपुर र सप्तरीमा गरी १७५ वर्गकिमि क्षेत्रफलमा फैलिएको कोसी टप्पु वन्यजन्तु आरक्षमा गैँडाका निम्ति ‘वेटल्यान्ड’ र ‘ग्रासल्याण्ड’ राम्रो रहेको पथरी सेक्टरकी प्रमुख रेखाकुमारी मेहताले बताइन् ।

पुष्पा र अञ्जलीलाई राख्न सो आरक्षको पथरी सेक्टरमा १६ फिट अग्लो र ८५ फिट लामो ‘इन्क्लोजर’ बनाइएको छ ।

pupshpa-ra-anjali2-1701687208.jpg

ती दुवै गैँडा अहिले टप्पुका हात्तीसँगै रम्ने गरेका छन् । गैँडालाई बिहान ६ बजे इन्क्लोजरबाट सोही क्षेत्रमा रहेको घाँसेमैदानमा निकाल्ने गरिएको छ । बिहान ११ बजे आरक्षको टप्पु क्षेत्रमा हात्तीसँगै चराउन लैजाने गरिएको छ । बेलुका ५ बजे भने गैँडा आफैँ आफ्नो वासस्थान इन्क्लोजरतर्फ आउने गरेका छन् ।

पुष्पा र अञ्जलीलाई त्यहाँ निकै सहज हुने देखिएपछि चितवन राष्ट्रिय निकुञ्जबाट थप दुई पोथी र एक भाले गैँडा कोसी टप्पु लैजाने तयारी गरिएको छ । त्यसपछि सो आरक्षमा गैँडाको संख्या पाँच हुनेछ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro