site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्ट्याग ग्लोबल टेबलटेनिस लिग च्याम्पियनसिप हुने
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालमा पहिलोपटक विदेशी खेलाडी सम्मिलित स्ट्याग ग्लोबल टेबलटेनिस लिग च्याम्पियनसिप हुने भएको छ ।

नेपाल महिला च्याम्पियन नविता श्रेष्ठद्वारा सञ्चालित स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजना र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा यही मंसिर १९ देखि २३ गतेसम्म हुने प्रतियोगितामा नौ टोलीको सहभागिता रहनेछ ।

सहभागी टोलीमा आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीसहित एपीएफ, नेपाल पुलिस क्लब, नेपाली सेना, एभीएम टेबलटेनिस क्लब, कान्तिपुर भ्याली पिङपङ क्लब, नगाउँ स्पोर्ट्स क्लब, गडस्पिन टेबलटेनिस एकेडेमी र ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लब रहेका छन् ।

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी प्रबन्ध निर्देशक नविताले यी नौमध्ये पाँच टिममा एक पुरुष र एक महिला विदेशी खेलाडी पनि समावेश हुने जानकारी दिइन् ।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँसहित रनिङ शिल्ड पाउनेछ । उपविजेताले एक लाख र तेस्रो हुने टोली (सेमिफाइनल)ले समान ५० हजार रुपैयाँ पुरस्कार र ट्रफी पाउनेछन् ।

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी प्रबन्ध निर्देशक नविता र सहप्रायोजक मेटल सेपरका प्रबन्ध निर्देशक निरज जोशीबीच प्रायोजन सम्झौता पनि भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक भारतको स्ट्याग ग्लोबल हो । स्ट्याग ग्लोबलले प्रतियोगिताका निम्ति आवश्यक सम्पूर्ण खेल सामग्री प्रदान गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro