site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्युक्यासलसँग युनाइटेड स्तब्ध, आर्सनल शीर्ष स्थानमा उक्लियो
Tiktok banner adTiktok banner ad

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड न्युक्यासल युनाइटेडसँग १–० ले स्तब्ध बनेको छ ।

शनिबार सेन्ट जेम्स पार्कमा सम्पन्न खेलमा घरेलु टिमका एन्टोनी गोर्डोनले गरेको गोल न्युक्यासलको जितमा निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भए पनि ५५औँ मिनेटमा गोर्डोनले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए । यही गोल निर्णायक बन्दा न्युक्यासलले एरिक टेन हागको प्रशिक्षणमा रहेको युनाइटेडविरुद्ध तीन अंक खोस्न सफल भएको हो ।

जितसँगै १४ खेलबाट २६ अंक जोडेको न्युक्यासल तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । समान खेलबाट २४ अंक जोडेको युनाइटेड तालिकाको सातौँ स्थानमा छ ।

शनिबार राति नै भएको अर्को खेलमा आर्सनलले उल्भ्सलाई २–१ ले हराएको छ । घरेलु मैदान इमिरेट्स रंगशालामा सम्पन्न खेलमा आर्सनललाई जित दिलाउन बुकायो साका र मार्टिन ओडेगार्डले गोल गरे । पहिलो हाफमा आर्सनलले २–० को अग्रता बनाए पनि खेल सकिन चार मिनेट बाँकी रहँदा बुल्भ्सबाट माथेयस कुन्हाले गोल फर्काएका थिए ।

जितसँगै १४ खेलबाट ३३ अंक जोडेको आर्सनल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ । १४ खेलबाट १५ अंक जोडेको उल्भ्स भने तालिकाको १३औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro